back
CTIZAN AD

कविता : पाँच शब्द

वि.सं.२०८२ फागुन ३० शनिवार

57 

shares

भुवन शिवाकोटी चौघरे,काठमाडौँ

शून्य
सबै शून्य छ

तिमी विना
सबै
सबै शून्य छ

अपुरो छ खुसी
अधुरो छ जीवनको रङ
तिमी विना

देखेको आँखाले
बोलिरहेका आँखाले
आँखाकै भाषा बुझ्न सकेन

मुटुको ढुकढुकीमा
हावाजस्तो चन्चल मनको
न आकार छ
न रङ छ
न देख्न सकिन्छ
न पढ्न सकिन्छ
न सुन्न सकिन्छ
अमुर्त अनुभूतिमात्र छ

चिसो समयमा
टाँसिएर बसे पनि न्यानो अनुभूति छैन
अन्यौल छ मन
हावामा विलाएको धुवाँ जस्तो
कहाँ छ थाहै छैन

मुस्किल छ
दुई मुटुको सङ्गममा उभिएर
दोधारमा

कसरी विश्वास गरौं
कसरी अविश्वास गरौं
स्वार्थी
निर्दयी समय

उसको तिखो शब्दले
दिलको
अनन्त गहिराईको भित्रसम्म
चस्स छोयो

मसँग
सबै भएर पनि म अपुरो छु
तिमीलाई छोडेर कहाँ जाउँ म
नदी सुकेपछि
किनारले छोडेपछि बन्ने बगर नै त हो
कानमा
त्यही आवाज गुन्जिरह्यो

जब
बिजुली बत्ती आयो
चकमन्न उज्यालो भो
बोल्दा बोल्दै ऊ अन्तर्ध्यान भई

परन्तु !
उसक पाँच शब्दको आवाजले
दिलको
अनन्त गहिराईको भित्रसम्म
घोचेर छोए
घोचेरै छोईरहे
“तिमीलाई छोडेर कहाँ जाउँ म”

नदी सुकेपछि
किनारले छोडेपछि
बगर नै बन्ने त हो नि फूलबारी

वि.सं.२०८२ फागुन ३० शनिवार ०६:०६ मा प्रकाशित

चारु

चारु

उत्तम विचार,काठमाडौँ सक्दैन जित्न युद्धले मन बुझ्नुपर्छ जतिसुकै मिलोस् समर्थन...

सुसेली : देशको कथा

सुसेली : देशको कथा

ललिता ‘दोषी’,बुद्धनगर , काठमाडौँ १. देश रुँदै छ आफ्नै स्वार्थ...

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

गजल

गजल

एकनारायण चापागाईं,दाङ कलम कापी किनेको सम्झना आयो पसल गर्दा चिनेको...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...