उत्तम विचार,काठमाडौँ
सक्दैन जित्न युद्धले मन बुझ्नुपर्छ
जतिसुकै मिलोस् समर्थन बुझ्नुपर्छ ।
एकमुठ्ठी सासमा अल्झिएको पाण
जान्छ उडेर बिना धड्कन बुझ्नुपर्छ ।
दिनमा सयौँपटक गनेर थाक्दैन ऊ
प्यारो हुन्छ लोभीको धन बुझ्नुपर्छ ।
आज मान्छेकै कारण यो पृथ्वीमा
थपिँदै गएको हो उल्झन बुझ्नुपर्छ ।
ज्ञानको दायरा बढाउन जान्यौँ भने
हुनेछ विचारको उत्खनन बुझ्नुपर्छ ।
अनुप्रास : अन
शेष अनुप्रास : बुझ्नुपर्छ
वि.सं.२०८२ फागुन ३० शनिवार ०६:११ मा प्रकाशित






























