back
CTIZAN AD

पोखरामा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने

वि.सं.२०८२ चैत १० मंगलवार

243 

shares

काठमाडौँ । पहिलो संस्करणमा प्राप्त उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया पश्चात् पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा आयोजना हुने उक्त प्रदर्शनी यही चैत्र ११ गतेदेखि १५ गतेसम्म पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित ताल बराही चोक नजिकैको खेल मैदानमा सञ्चालन हुनेछ।

प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिएको यस कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्द्धकको रूपमा रहेको छ भने व्यवस्थापनको जिम्मा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले लिएको छ। प्रदर्शनीलाई प्रभावकारी बनाउन विभिन्न प्रतिष्ठित संस्थाहरूले साझेदारी गरेका छन्। राइड इनर्जी ‘पावर्ड बाइ’ साझेदारका रूपमा रहेको छ भने शिखर इन्सुरेन्स, दिर्घायु पोखरा हस्पिटल, खल्ती एप, युनियन पे, टेम्पल बेल, पोखरा इन्टरनेट, हिटको प्रालि, सिटिजन फर्निचर र पोखरा क्रिएटिभ्स प्रालि लगायत संस्थाहरू विभिन्न साझेदारको रूपमा सहभागी छन्।

यस संस्करणमा सवारी साधनको खरिद–बिक्रीसँगै अटो क्षेत्रका आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी उपलब्ध गराइनेछ। साथै अवलोकनकर्तालाई सहज सेवा प्रवाहमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ। अटो व्यवसायको प्रवर्द्धन, क्षेत्रीय बजारमा पहुँच विस्तार तथा बढ्दो मागलाई सम्बोधन गर्दै नेपालमै उत्पादनको सम्भावनालाई समेत दिशानिर्देश गर्ने लक्ष्य प्रदर्शनीले राखेको छ।

आयोजकका अनुसार आर्थिक विकास र सामाजिक गतिशीलताका लागि यातायात अत्यन्त महत्वपूर्ण भएकाले सवारी साधन अब विलासिता मात्र नभई आवश्यकताको वस्तु बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै देशभरका अटो व्यवसायीलाई एउटै छानामुनि ल्याई व्यवसायिक वातावरण सुदृढ बनाउने उद्देश्य पनि प्रदर्शनीको रहेको छ।

यस अटो शोमा १६ ब्राण्डका चारपाङ्ग्रे, ६ ब्राण्डका लाइट कमर्शियल, १० ब्राण्डका दुईपाङ्ग्रे तथा एक हेभी कमर्शियल सवारीसाधनका साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, एसेसरीज र वित्तीय संस्थाका गरी २० वटा स्टल रहनेछन्। साथै नयाँ पुस्तालाई लक्षित गर्दै ऐतिहासिक तथा पुराना मोडलका गाडी समेटिएको ‘भिन्टेज कार शो’ पनि विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ।

प्रविधिप्रेमीका लागि यसपटक रोबोट प्रदर्शन पनि समावेश गरिएको छ। युनीट्रि जी वान ह्युमानोइड, युनीट्रि गो टु लगायतका रोचक रोबोटहरू प्रदर्शनीमा राखिनेछन्, जसले नवप्रवर्तन र आधुनिक प्रविधिसँग सर्वसाधारणलाई साक्षात्कार गराउने विश्वास गरिएको छ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त अटो शोमा करिब ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। टिकटिङ्ग पार्टनर खल्ती एपमार्फत टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटधारकले ५० प्रतिशत तथा विद्यार्थीले १०० प्रतिशतसम्म क्यासब्याक सुविधा पाउने व्यवस्था गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले अटो व्यवसाय प्रवर्द्धनसँगै आन्तरिक पर्यटनलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ चैत १० मंगलवार ११:०५ मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...