back
CTIZAN AD

एभरेष्ट बैंकद्वारा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत १० मंगलवार

327 

shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड ले मिति २०८२ चैत २ गतेदेखि २०८२ चैत ८ गतेसम्म ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ‘स्मार्ट मनी ट्याक्स’ भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त अभियानमार्फत बैंकले वित्तीय ज्ञान विस्तार तथा सुरक्षित आर्थिक व्यवहारप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

कार्यक्रम अन्तर्गत बैंकले आफ्ना सातवटै प्रदेशमा रहेका शाखा सञ्जालमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो। यस क्रममा ३,००० भन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा आर्थिक निर्णय प्रक्रियाबारे आधारभूत ज्ञान दिइएको थियो।

यसका साथै केही विद्यार्थीहरूलाई बैंकका शाखा कार्यालयमै अवलोकन गराउने व्यवस्था समेत गरिएको थियो। उक्त अवलोकन भ्रमणमार्फत विद्यार्थीहरूले बैंकिङ प्रणाली, सेवा प्रवाह र ग्राहक सेवासम्बन्धी व्यावहारिक जानकारी प्राप्त गर्ने अवसर पाएका थिए। बैंकका अनुसार यसले विद्यार्थीहरूमा वित्तीय प्रणालीप्रतिको विश्वास र बुझाइ बढाउन सहयोग पुगेको छ।

कार्यक्रमहरूमा विशेषगरी युवाहरूलाई लक्षित गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकासमा जोड दिइएको थियो। साथै वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार, अनलाइन ठगीबाट जोगिने उपाय तथा बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत सचेतना फैलाइएको थियो।

हाल एभरेष्ट बैंकका करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्। बैंकले देशभर १३३ शाखा सञ्जाल, ४ वटा एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। यसका अतिरिक्त बैंकले आधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एसएमएस बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ।

नेपाल सरकारको राजस्व सङ्कलनमा सहकार्य गर्दै बैंकले ३३ वटा राजस्व सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै बैंकले भारतको नयाँ दिल्लीसहित विभिन्न देशहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको जनाएको छ।

बैंकका अनुसार यस्ता वित्तीय साक्षरता कार्यक्रमहरूले दीर्घकालीन रूपमा जिम्मेवार वित्तीय व्यवहार विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक स्तरमा जनचेतना फैलाउने योजना बैंकले अघि सारेको छ।

वि.सं.२०८२ चैत १० मंगलवार ११:१० मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...