back
CTIZAN AD

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

वि.सं.२०८२ चैत १२ बिहीवार

483 

shares

चितवन । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।

शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन ।

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् ।

एकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका १२ हजार ३४९ जना विद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड बृद्धिका बिध्यार्थी रहेको उनले बताउनु भयो । परीक्षामा सहभागी हुने मध्ये प्राबिधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्तश्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

उनका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरुले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक बिद्यालय र ८  संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रकृया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उनले भने । उनका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थीकम सहभागी हुन लागेका छन् ।

वि.सं.२०८२ चैत १२ बिहीवार १३:२३ मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...