back
CTIZAN AD

रूस–इरानबीच प्रविधियुक्त ड्रोनहरूको सहकार्य तीव्र भएको अधिकारीहरुको भनाई

वि.सं.२०८२ चैत १४ शनिवार

444 

shares

लन्डन ।  रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन् ।

रिपोर्टअनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ । अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन् ।

ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने क्षमता तथा कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन प्रणाली जस्ता विशेषता थपिएका छन्, जसले तिनीहरूलाई अझ प्रभावकारी बनाएको छ । अधिकारीहरूका अनुसार यस महिनामा रूस र इरानबीच ड्रोन हस्तान्तरणबारे सक्रिय छलफल भएको थियो । यद्यपि कति सङ्ख्यामा ड्रोन पठाइयो वा यो एकपटकको आपूर्ति हो कि निरन्तर हुने हो भन्ने स्पष्ट छैन ।

यसैबीच, इरानले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विभिन्न स्थानमा ड्रोन आक्रमण तीव्र बनाएको छ । उन्नत ड्रोनको प्रयोगले अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि ती आक्रमण रोक्न थप चुनौती सिर्जना गर्न सक्ने बताइएको छ ।

रूस र इरानबीच सैन्य तथा प्रविधिगत सहकार्य पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । युक्रेन युद्धपछि रूसले इरानी ड्रोन व्यापक रूपमा प्रयोग गरेको थियो भने अहिले दुवै देशबीच प्रविधि आदानप्रदान अझ गहिरिएको देखिएको छ ।(रासस/एपी)

वि.सं.२०८२ चैत १४ शनिवार १८:५१ मा प्रकाशित

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...