back
CTIZAN AD

प्रधानमन्त्री कप क्रिकेटः गण्डकी प्रदेश विजयी

वि.सं.२०८२ चैत १५ आइतवार

435 

shares

काठमाडौँ । गण्डकी प्रदेशले एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

काठमाडौँको तल्लो मुलपानी मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ४३ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । उसका लागि गौरव विकले ३७, अर्जुन कुमालले २५, दीपक डुम्रेले ३४ तथा कप्तान विपिन खत्रीले अविजित २० रन जोडे ।

बलिङतर्फ एपिएफका लागि अभिनाश बोहराले ३ विकेट लिए ।

एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ क्लबले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनायो । एपिएफका लागि लोकश बम र आसिफ शेखले १४÷१४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३ रन मात्र बनाए । सुमित महर्जनले २२ तथा कमलसिंह ऐरीले १७ रन बनाए ।

बलिङतर्फ गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३/३ विकेट लिए । त्यस्तै सुभाष भण्डारीले २ विकेट लिए ।

वि.सं.२०८२ चैत १५ आइतवार १८:२७ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...