back
CTIZAN AD

सामसङ नेपालको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सुरु, नयाँ वर्षमा आकर्षक अफर

वि.सं.२०८२ चैत १७ मंगलवार

387 

shares

काठमाडौँ । सामसङ नेपाल ले नयाँ वर्ष २०८३ को अवसर पारेर १२ महिनासम्मको सजिलो ईएमआई सुविधा सहित ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत ग्राहकले स्मार्ट टिभी, वासिङ मेसिन, फ्रिजलगायत विभिन्न घरायसी उपकरणहरू आकर्षक छुट र उपहारसहित खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ० प्रतिशत ब्याजदरमा १२ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइएको छ। यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम कागजी प्रक्रियामै सजिलै किस्ताबन्दी सेवा लिन सक्नेछन्।

अभियानमा स्मार्ट टिभी खरिद गर्दा ६ महिनादेखि १२ महिनासम्मको नेटटिभी (NETTV) प्याकेज निःशुल्क उपलब्ध गराइएको छ। टिभीको साइज र मोडेलअनुसार २४ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न विकल्पमा छुट तथा उपहार समावेश गरिएको कम्पनीले जनाएको छ।

यसैगरी, वासिङ मेसिन खरिदमा १३ प्रतिशतसम्म छुटका साथै ‘Surf Excel Matic’ डिटर्जेन्ट उपहार दिइनेछ। केही मोडेलहरूमा विशेष गिफ्ट पनि उपलब्ध गराइएको छ। फ्रिज खरिदमा पनि १५ प्रतिशतसम्म छुट दिइएको छ, जसमा साइड–बाइ–साइड (SBS), डबल डोर तथा सिंगल डोर मोडेलहरू समावेश छन्।

कम्पनीका अनुसार ग्राहकहरूले Hulas Finserve Hire Purchase Ltd. मार्फत १२ महिनासम्मको ईएमआई सुविधा लिन सक्नेछन्। साथै, ० प्रतिशत डाउन पेमेन्ट र १२ महिनासम्म ९.९९ प्रतिशतसम्मको ब्याजदरमा पनि किस्ताबन्दी सेवा उपलब्ध रहेको छ।

यस अभियान देशभरका अधिकृत विक्रेतामार्फत लागू गरिएको छ। साथै, Samsung Plaza तथा Samsung InstaStore मार्फत पनि ग्राहकले सहज रूपमा खरिद गर्न सक्नेछन्।

कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाउँदै ग्राहकलाई स्मार्ट जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।

वि.सं.२०८२ चैत १७ मंगलवार ११:२२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...