back
CTIZAN AD

खोला किनारमा फुलेका फूलले बढायो काठमाडौँको सौन्दर्य

वि.सं.२०८२ चैत १९ बिहीवार

489 

shares

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाका विभिन्न खोला किनार अहिले फूलैफूलले ढकमक्क ढाकिएका छन् ।

विशेषगरी काठमाडौँ महानगरपालिकाको रातोपुलस्थित धोबिखोला किनारमा फुलेका रङ्गीचङ्गी फूलले त्यहाँको वातावरणलाई मनमोहक बनाउँदै स्थानीय तथा आगन्तुकको ध्यान खिचिरहेका छन् ।

केही वर्ष अघिसम्म दुर्गन्ध र फोहोरले परिचित धोबिखोला अहिले सफाइ र हरियालीका कारण नयाँ रूपमै देखिन थालेको छ । वसन्त ऋतुको आगमनसँगै यहाँ रोपिएका विभिन्न प्रजातिका फूल फुलेपछि खोला किनार रमणीय बगैँचाजस्तै देखिन थालेको छ । रातो, सेतो, पहेलो, रानी र अन्य विविध रङ्गका फूलले यश क्षेत्रलाई थप आकर्षक बनाएका छन् ।

स्थानीयवासी जगदीश कुइकेलका अनुसार, “धोबिखोलामा फुलेका फूलले सबैलाई आकर्षित गरिरहेका छन् । पहिले दुर्गन्ध आउने ठाउँ अहिले सुगन्धित र रमाइलो बनेको छ । यहाँ हिँड्दा नै मन शान्त हुन्छ ।” अहिले दैनिक रूपमा यहाँ घुम्न आउने, फोटो खिच्ने र समय बिताउनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

अर्का स्थानीय कबिर श्रेष्ठले पनि विगतमा दुर्गन्धले यहाँको खोला छेउछाउमा हिड्नै गाह्रो हुने गरेको भएपनि अहिले खोलाको सरसफाइ गरिन थालिएको र फूलको सुगन्धले वातावरण नै मनमोहक बनाएको बताए ।

उहाँले भन्नुभयो, “पहिले यहाँको अवस्था निकै दयनीय थियो । फोहोरको दुर्गन्धले खोलाको छेउमा हिँड्नै गाह्रो हुन्थ्यो । अहिले भने सफा गरिन थालिएको, हरियाली र फूलहरूको वास्नाले वातावरण पूर्ण रूपमा परिवर्तन भएको छ ।”

काठमाडौँ महानगरपालिकाले खोला सफाइ अभियानलाई तीव्रता दिँदै फोहोर फाल्नेलाई कारबाही गर्ने सूचना जारी गरेपछि स्थानीयस्तरमा पनि सचेतना बढेको र यसले खोला संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।

अहिले धोबिखोला मात्र होइन, काठमाडौँ उपत्यकाका अन्य खोला किनार बागमती, विस्नुमती लगायत पनि क्रमशः सफा र हरियालीयुक्त बन्दै गइरहेका छन् । साँझपख विशेषगरी यहाँ मानिसको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ । धोबिखोला किनारमा किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी जनक लामाका अनुसार साँझको समयमा यहाँ मानिसहरू बस्न, घुम्न र फोटो खिच्न आउँछन् ।

यसले यहाँको व्यापारमा सकारात्मक प्रभाव पारेको छ । वातावरण संरक्षण, शहरी सौन्दर्य अभिवृद्धि तथा जनचेतनाको संयुक्त प्रयासले काठमाडौँका खोला किनार अहिले उदाहरणीय बन्दै गइरहेका छन् । यदि यस्तै प्रयासलाई निरन्तरता दिइयो भने आगामी दिनमा उपत्यकाका सबै खोला किनार पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिने स्थानीयको बुझाइ छ ।

यसरी, एक समय फोहोर र दुर्गन्धको पर्याय बनेका खोला किनार आज सुगन्धित फूलले सजिएका सुन्दरस्थलका रूपमा रूपान्तरण भइरहेका छन्, जसले काठमाडौँको समग्र सौन्दर्यमा नयाँ आयाम थपेको छ ।

वि.सं.२०८२ चैत १९ बिहीवार १५:४० मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...