back
CTIZAN AD

पन्ध्र करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै

वि.सं.२०८२ चैत १९ बिहीवार

378 

shares

ढोरपाटन (बागलुङ) । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन् । प्रदेश सरकारले विनियोजन गरेको रु १५ करोड बढी लागतमा सिँचाइ आयोजनाको काम अगाडि बढाइएको हो ।

यस वर्षमा १४ वटा तटबन्धसहित ११३ आयोजना जिल्लामा रहेका छन् । तीमध्ये ६० वटा आयोजना उपभोक्ता समितिमार्फत काम भइरहेका छन् भने १६ वटा ठेक्कामार्फत काम भइरहेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिए । उनका अनुसार ११ वटा आयोजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा छन् ।

नेपालले भने , “यस वर्षका अधिकांश आयोजना कार्यान्वयनमा गइसकेका छन्, केही आयोजना सम्पन्न पनि भएका छन् । असार मसान्तभित्रै काम सक्नुपर्ने धेरैजसो आयोजनाको काम अहिले धमाधम भइरहेको छ ।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा कुल एक लाख ७८ हजार ४०० हेक्टर जमिन रहेकामा ४६ हजार १४८ हेक्टर जमिन खेतीयोग्य छ ।

हाल ३० हजार ५६४ हेक्टरमा खेती हुँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ । हालसम्म छ हजार ९१३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८१५ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी नेपालले जानकारी दिए ।

बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ । जिल्लाका धेरैजसो स्थानमा अझै पनि सिँचाइको प्रभावकारी सुविधा नहुँदा उत्पादन बढाउन नसकिएको अगुवा किसान प्रेमप्रसाद कँडेलले बताए । जिल्लाका अधिकांश भूगोल भिरालो रहेकाले सिँचाइको प्रभावकारी सुविधा पुग्नुपर्नेमा उनले जोड दिए ।

वि.सं.२०८२ चैत १९ बिहीवार १५:४५ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...