back
CTIZAN AD

रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै

वि.सं.२०८२ चैत २० शुक्रवार

213 

shares

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ ।

ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन”, उनले भने । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

वि.सं.२०८२ चैत २० शुक्रवार १५:३० मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...