back
CTIZAN AD

कुमारी रोका मगरलाई घर र शौचालय हस्तान्तरण

वि.सं.२०७४ असार ४ आइतवार

1K 

shares

४ असार,बेनी (म्याग्दी)  । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हल्लेगौँडाकी अपाङ्गता भएकी कुमारी रोका मगरलाई भूकम्प प्रतिरोधात्मक घर र अपाङ्गतामैत्री शौचालय निर्माण गरी दिइएको छ ।

शारीरिक रुपमा अपाङ्गता र आर्थिक विपन्नता भएका रोका परिवारका लागि साविकको भकिम्ली गाविस र स्थानीय बासिन्दाको पहलमा अपाङ्ग सङ्घ म्याग्दीमार्फत आइएनअफ नेपालको सहयोगमा घर र शौचालय निर्माण गरिएको हो ।

आइएनएफको रु दुई लाख ९८ हजार ६४८ आर्थिक सहयोग, वडा कार्यालय भकिम्लीबाट रु २२ हजार र स्थानीय जनश्रमदान रु ७१ हजारको लागतमा उक्त घर निर्माण गरिएको आइएनएफ, बागलुङका विमला केसीले जानकारी दिनुभयो ।

शारीरिक रुपमा अपाङ्गता भएका मानसिङ रोका, उनकी छोरी कुमारी र नातिनी कल्पना रोका यसअघि ढोका नभएको खरको गोठमा बस्दै आएका थिए । पानी पर्दा चुहिने खरको घर त्यसमा पनि अपाङ्गता र आर्थिक विपन्न हुँदा रोका परिवारलाई समस्या भएको थियो । वडा कार्यालय, आमा समूह र स्थानीयवासीले नागरिकता तथा अपाङ्गता परिचयपत्र एवम् घर निर्माणका लागि पहल गरेका थिए ।

शनिबार आयोजित कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल र आइएनएफका कार्यकारी निर्देशक डा बुद्धिबहादुर थापाले संयुक्त रुपमा नवनिर्मित घरको मूलढोकाको ताला खोलेर कुमारी रोका र उनका पिता मानसिङ रोकालाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

आइएनएफ नेपालका कार्यकारी निर्देशक डा बुद्धिबहादुर थापाले आफ्नो संस्थामार्फत अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार ४ आइतवार ०५:२० मा प्रकाशित

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...