back
CTIZAN AD

दाङमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

वि.सं.२०७४ असार ४ आइतवार

978 

shares

 

४ असार, दाङ । पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गर्नुभयो ।
चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर गर्न नसक्ने अवस्था भएमा बिरामीकोसमेत निःशुल्क रगत परीक्षणको व्यवस्था गर्ने सञ्चालकले जानकारी दिएका छन् ।

अत्याधुनिक प्रविधिका मेसिन जडित सो प्रयोगशालामा बिरामीको अवस्थालाई ध्यानमा राखी घरमै गएर नमुना सङ्कलन गर्ने र अनलाइनबाट रिपोर्ट पठाउने समेत व्यवस्था गरिएको छ । त्यसका लागि अतिरिक्त शुल्क लिइने छैन ।

प्रयोगशालामा हर्मोनको परीक्षण, भिटामिनको परीक्षण, क्यान्सर परीक्षण तथा सरुवा रोगको सङ्क्रमणका विषयमा समेत परीक्षण गरिनेछ भने सातामा दुईपटक वायप्सीसमेत परीक्षण हुने ल्याबका सञ्चालक प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
रु एक करोड २५ लाखको लगानीमा सातजना व्यक्तिले प्रयोगशाला सञ्चालनमा ल्याएका छन् भने त्यसमा ११ जना स्थानीय प्राविधिकले रोजगारीसमेत पाएका छन् ।

सो ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सामान्य जाँचदेखि विशेष प्रकारका बिरामीका लागि आधुनिक प्रविधियुक्त प्रयोगशालामा उच्च प्रविधि, आधुनिक उपकरणसहित दक्ष जनशक्तिको समेत व्यवस्थापन गरिएको छ । रासस

वि.सं.२०७४ असार ४ आइतवार ०५:०१ मा प्रकाशित

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...