Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कतार नेपाली एकता समाजद्धारा पिडितलाई खाद्यान्न सहयोग



pidit photo
उद्धव मगर दोहा, कतार
अलपत्र परेका नेपालीलाई कतार नेपाली एकता समाज सनैया डि एरिया समितिले खाद्यन्न सहयोग गरेको छ । जुन १३ का दिन पिडितहरु डि एरिया समितिका थम्मन थापाको विशेष पहलमा खाद्यन्न वितरण गरिएको हो ।

जसमा पिडितहरु थम्मन घर्ती (देविस्थान १ वाग्लुङ्ग) रमेश काउछा (बाराकोट ७ बाग्लुङ्ग) ओम बहादुर पुन (लेबाङ ३ बाग्लुङ्ग) राजु दमाई (बाउनगाउँ ६ बाग्लुङ्ग) नर बहादुर घर्ती (अर्खाना १ प्यूठान) छत्रबहादुर तामाङ्ग (ठिमी भक्तपुर) रमेश कुमार हमाल (कप्लिचौर ३ सुर्खेत) लोकेन्द«प्रसाद गणेश (झापा) रहेका छन । फस्र्ट च्वईस कन्ट्रक्सन एण्ड सर्भिस कम्पनीमा गतवर्ष २०१६ डिसेम्वर र जनवरीमा पिडितहरु नेपालको सुमि ईन्टरनेशनल,रोयल हिमचुली र एलाईट मेनपावरबाट जनही ८५००० दखि ११२००० सम्म रकम बुझाएर आएका थिए ।

हाल पिडितहरुले काम गर्दै आएको कम्पनीमा काम गरे बापत लगभग ३ महीनाको तलब पाउन बाँकी छ । सो कम्पनीले कामदारको भिसा पनि अहिले सम्म नलगाएको र कम्पनीमा नयाँ कन्ट्रयक्ट पाउन नसकेको कारण देखाएको र भिसा लगाएत स्वदेश पनि पठाउन नसक्ने जनाएको छ । यस समस्या कसरी हलगर्न सकिन्छ भन्ने बारेमा पिडितहरु नेपाली राजदूतासमा समेत उपस्थित भईसकेको र स्पोन्सर केरेला सहित केहि गर्न नसक्ने भएपछि सम्बन्धित नेपालबाट आएको मेनपावर एजेन्सी संग सम्पर्क गर्ने काम भईरहेको कतार नेपाली एकता समाजका द्धितिय उपाध्क्षयले हामीलाई जानकारी गराउनु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा