back
CTIZAN AD

धनगढीका ८६ मतदानस्थल अति संवेदनशील मतदानस्थल

वि.सं.२०७४ असार ४ आइतवार

978 

shares

४ असार, धनगढी  । शान्तिपूर्ण र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउन कैलाली जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाका सबै १३ स्थानीय तहमा यही १४ गते हुने निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था सुदृढ पारिएको बताउनुभयो ।

“निर्वाचन सुरक्षा योजनाअन्तर्गत १३ वटै स्थानीय तहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै सुरक्षा बेस स्थापना गरिएको छ, प्रजिअ रिजालले भन्नुभयो – सुरक्षा स्थितिको विश्लेषण गर्दै अगाडि बढ्ने तयारी गरिएको छ ।”

निर्वाचनको सुरक्षाका लागि थप सुरक्षाकर्मी आवश्यक पर्ने भएपछि दुई महिनाअघि नै जिल्लामा एक हजार ५३७ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

निर्वाचनको प्रयोजनका लागि जिल्लामा स्थापना गरिएका कुल २३१ मतदानस्थलमध्ये पहाडी क्षेत्रका साथै टीकापुर र आसपासका ८६ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा हेरिएको छ । यस्तै ८३ मतदानस्थललाई संवेदनशील र ६२ लाई सामान्य मतदानस्थलका रुपमा हेरिएको छ ।

जिल्लामा एक उपमहानगरपालिका (धनगढी), छ नगरपालिका र छवटा गाउँपालिका गरी १३ वटा स्थानीय तहहरु रहेका छन् ।

प्रजिअ रिजालले १० गतेसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षाको व्यवस्थापन मिलाइएको बताउनुभयो ।

निर्वाचनको विरोध गरिरहेको ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, दक्षिणमा रहेको खुला सिमाना, हालै गठन भएको राष्ट्रिय जनता पार्टीको चुनाव विरोधी गतिविधिका कारण जिल्लामा केही चुनौती रहेको सुरक्षा अधिकारी बताउँछन् ।

यद्यपि जिल्लामा राष्ट्रिय जनता पार्टीको सङ्गठन, प्रभाव र क्रियाशीलता भने न्यून छ । रासस

वि.सं.२०७४ असार ४ आइतवार ०३:४६ मा प्रकाशित

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...