back
CTIZAN AD

लक्ष्यअघि नै योजना सम्पन्न गर्ने कम्पनी पुरस्कृत

वि.सं.२०८३ जेठ १५ शुक्रवार

309 

shares

म्याग्दी । म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवस–२०८३ का अवसरमा आज सम्मान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी, जलस्रोत तथा सिँचाइका लक्ष्यअघि नै सम्पन्न भएका तीन वटा योजनाका सञ्चालकलाई सम्मान गरिएको हो ।

कालीगण्डकी कोरिडोर सडक आयोजनाले चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच समेत सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई सम्मान गरेको छ ।

पूर्वाधार विकास कार्यालयले ओमेन अस्कर निर्माण सेवा (मालिका–५, म्याग्दी), रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३), सोमरस निर्माण सेवा (बेनी नगरपालिका–२), विपीएल बीएसडी डिपी जेभी (टोखा–१०, काठमाडौँ), मङ्गला कन्स्ट्रक्सन प्रालि (मङ्गला–२), मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि (सुन्दरादेवी–२, नुवाकोट) र एसएस बिल्डर्स (बेनी नगरपालिका–८) लाई सम्मान गरेको हो ।

यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३ दाना), महाशक्तिमाया कन्स्ट्रक्सन प्रालि (बेनी नगरपालिका–६) र धौलाश्री निर्माण सेवा (रघुगङ्गा–३ पिप्ले) लाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार १५:४९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...