back
CTIZAN AD

ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

वि.सं.२०८३ साउन ५ मंगलवार

198 

shares

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा बिहान १० बजेतिर सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजार साल्झण्डी–ढोरपाटन सडकबाट ढोरपाटनतर्फ जाँदै गरेको ग १ य ९८२ नम्बरको स्कर्पियो मध्यपहाडी लोकमार्गअन्तर्गत एक पहिरो प्रभावित क्षेत्रमा पुगेका बेला माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोले गाडी पुरेको हो।

घटनापछि स्थानीयवासी, प्रहरी र सडक डिभिजन कार्यालयको टोली उद्धार तथा सडक खुलाउने कार्यमा खटिएको छ। गाडीमा सवार यात्रुको संख्या र मानवीय क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।

लगातारको वर्षासँगै बागलुङ–ढोरपाटन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४१ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...