८ असार, काठमाडौँ । कन्फेडेरसन कपको दौरान हिजो राति रुस स्थित स्र्पाटक रंगशालामा रुस र पोर्चुगलबीच खेल सुरु हुन् लाग्दा एउटा निकै भावुक दृश्य देखियो । खेल सुरु हुन भन्दा पहिला राष्ट्रिय गान गाउने बेलामा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एक अपांग बालिकालाई लिएर टनेलबाट निस्केका थिए । स्मरण रहोस फुटबल खेल सुरु हुन पुर्व राष्ट्रिय गान गाइने बेलामा बालबालिकालाई सगैँ लैजाने गरिन्छ ।
हिजो भएको खेलको दौरान रोनाल्डोले ती अपांग बालिकालाई निधारमा चुम्बन गरेको दृश्य अहिले इन्टरनेटभरि भरि भाईरल बनेको छ । यस्तै रोनाल्डाले ती बालिकालाई आफुले हस्ताक्षर गरेर जर्सी पनि प्रदान गरेका थिए । यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा रोनाल्डोको निकै तारिफ गरिएको छ । रोनाल्डोमा महान खेलाडीमा हुनुपर्ने सबै गुण भएको खेलाडी भन्दै उनको सर्वत्र चर्चा गरिएको छ ।
उक्त खेल रोनाल्डोको एक मात्र गोलको मदतले पोर्चुगलले जितेको थियो ।
वि.सं.२०७४ असार ८ बिहीवार ०६:२४ मा प्रकाशित



























