back
CTIZAN AD

मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय

वि.सं.२०७४ असार १७ शनिवार

831 

shares

nirbachan-ayog-gif11

 १७ असार, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

यही असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका÷नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।

रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार १७ शनिवार ११:३४ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...