back
CTIZAN AD

काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगियो

वि.सं.२०७४ असार १७ शनिवार

834 

shares

light

काठमाडौँ  । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ ।

प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ । सिग्मा कोन प्रालिले सो टावरको मर्मत गरेको हो । मर्मतका लागि रु दुई करोड ७० लाख खर्च भएको छ । प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर टावरको सुरक्षा गरिएपनि दिगो रुपमा नयाँ टावर नै राख्न विगत दुई दिनदेखि विद्युत् कटौती गरेर पुनः निर्माण गरिएको जानकारी दिनुभयो ।

यो प्रसारण लाइनले मस्र्याङ्दी कोरिडोरबाट ११० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ । काठमाडौँ उपत्यकाको अधिकतम विद्युत् माग ३१० मेगावाट रहेको छ । त्योमध्ये मस्र्याङ्दी कोरिडोरबाट एक तिहाई विद्युत् काठमाडौँ आपूर्ति हुँदै आएको छ ।

हिउँदको समयमा सो टावरको पुनः निर्माण गर्नेतर्फ लाग्दा विद्युत्भार कटौती गर्नुपर्ने भएकाले बर्खाको समय नै छानिएको प्राधिकरणको भनाइ छ । विगतमा प्राधिरकणको व्यवस्थापनले ध्यान नदिएको उक्त टावर मर्मतमा थप ढिलाई गरिएको भए उपत्यकामा दैनिक सात घन्टा विद्युत्भार कटौती गर्नुपर्ने भयावह अवस्था आउने थियो ।

प्राधिकरणका प्रवक्ता अधिकारीले ग्राहकलाई जानकारी नै नदिइकन प्राधिकरणले मर्मत कार्य सम्पन्न गरेकाले विद्युत् आयातमा रहेको जोखिम समाधान भएको बताउनुभयो । गत हिउँदमा नै टावर मर्मत गर्ने कार्य अगाडि बढाउन खोजिएको भए पनि विद्युत्भार कटौती अन्त्य भइसकेको सन्दर्भमा पुनः विद्युत् कटौती गर्दा राम्रो सन्देश नजाने र ‘अँध्यारो’को खेती गर्नेले फाइदा लिने भएकाले बर्खा लागेपछि मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

टावर मर्मत कार्य सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च टोली कार्यस्थलमा पुग्नु भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । “विगत दुई वर्षभन्दा बढी समयदेखिको जोखिम हटेको छ, हावाहुरी चल्दा समेत लौ के होला, कतै काठमाडौँमा विद्युत् कटौती त हुने होइन भन्ने आशंका निवारण भएको छ”–प्रवक्ता अधिकारीले भन्नुभयो, “प्राधिकरणले ठूलो जोखिमबाट मुक्ति पाएको छ ।”

जुनसुकै बेला काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगिएको जानकारी दिँदै उहाँले अन्य समस्यामा रहेका टावरलाई समेत क्रमशः मर्मत गर्ने बताउनुभयो ।

वि.सं.२०७४ असार १७ शनिवार ११:३६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...