back
CTIZAN AD

उद्योग विकास शाखाबाट उद्योग दर्ता हुने

वि.सं.२०७४ असार १७ शनिवार

975 

shares

१७ असार, काठमाडौँ  । जिल्लामा दर्ता हुने लघु, घरेलु तथा साना उद्योग दर्ता अब ‘उद्योग विकास शाखा’बाट हुने भएको छ ।

यसअघि घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट उद्योग दर्ता हुँदै आएकोमा अबदेखि उद्योग विकास शाखाबाट हुन लागेको हो ।

उद्योग मन्त्रालयको यही असार १४ गतेको सचिवस्तरीय निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट हुने काम उद्योग विकास शाखाबाट गर्न समिति र विभागलाई निर्देशन दिएको हो ।

हाल ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग विभागबाट काम हुँदै आएको छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जिल्ला सदरमुकाममा रहेका घरेलु तथा साना उद्योग कार्यालय र समितिबाट काम गर्दे आए पनि अब उद्योग विकास शाखाबाट गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले प्रत्येक जिल्लाको जिल्ला सदरमुकाममा रहेका उद्योग विकास शाखाबाट काम गर्ने र विस्तारै यसलाई ७४४ वटै स्थानीय तहमा पु¥याउनेछौँ ।”

उद्योग विकास शाखाको सम्पूर्ण काम भने घरेलु तथा साना उद्योग विभाग र समितिका कर्मचारीले गर्नेछन् । रासस

वि.सं.२०७४ असार १७ शनिवार ११:३७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...