back
CTIZAN AD

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

वि.सं.२०७४ असार १९ सोमवार

597 

shares

dhankuta

१९ असार, धनकुटा। जिल्लाका सबै स्थानीय तहमा नेकपा (एमाले) विजयी भएका छन् ।

धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गर्नुभयो ।

उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेतले पाँच हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी रेणु श्रेष्ठले तीन हजार ३९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी पाख्रिबास नगरपालिकाका प्रमुखमा विर्खबहादुर राईले चार हजार ४३९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा थापाले एक हजार ६२८ मत प्राप्त गरेकी छिन् ।

उपप्रमखुमा एमालेकी देवकला पौडेल (तिम्सिना)ले चार हजार ४२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपालले चार हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँगे्रसका अग्नि पौडेलले तीन हजार १७६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मञ्जु अधिकारीले चार हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले दुई हजार १५६ मत प्राप्त गर्नुभयो ।

यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राईले चार हजार ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का भरतसिंह राईले एक हजार ५७९ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा एमालेकै रत्नश्वरी राईले तीन हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई एक हजार ५३४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, चौविसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राईले तीन हजार ७८२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचालले तीन हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरिन् ।

यसैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बूले तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले एक हजार ५३१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले तीन हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गीता लिम्बू खेवाले दुई हजार ७३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजङ्ग याखाले चार हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका जितेन्द्र राईले तीन हजार ३३३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै विन्द्रा राईले चार हजार ३२९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी संङ्घीय समाजवादी फोरमका बलबहादुर राईले दुई हजार २७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । रासस

वि.सं.२०७४ असार १९ सोमवार ०९:५७ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...