back
CTIZAN AD

अमेरिकाको जर्सी शहरमा फहरायो नेपाली झण्डा

वि.सं.२०७४ असार १९ सोमवार

666 

shares

jhanda.png2अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख ‘नेपालको झण्डा फहराउने दिवस’ (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे ।

नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया(मानार्थ विद्यावारिधी ) परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए ।

जर्सी सिटी (शहर )नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । यसै गरि उक्त समारोहमा नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाली मूलका ३ जना प्रतिभाशाली नेपाली व्यक्तित्वहरु वकिल खगेन्द्र जिसी, वकिल केशबराज सेढाई र युवा नेत्री ऐश्वर्या शर्मालाई सम्मान गरिएको छ ।

समारोहमा अमेरिकाको राष्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राष्ट्रगान ‘नेपाल अमेरिका कलाकार संघ’ का कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो ।

समारोहमा नगर प्रमुख स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।

समारोहमा नगर प्रमुख फुलपलाई जर्सी सिटी(शहर) नेपाली समाज (जेसिएनसी) ले ‘माया को चिनो ‘ प्रदान गरेको थियो l यसै गरि नेपाल पर्यटन बोर्डका अमेरिकाको लागि पर्यटन एवं साँस्कृतिक सद्भावनादूत सुमन बुढा मगरले नगर प्रमुख फुलपलाई शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति र निम्तो पत्र प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।

usa2

उता लङ आईल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष दुर्गेश जंग कार्कीले फुलपलाई नेपाली बहादुरीताको प्रतीकको रुपमा परम्परागत खुकुरी प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व खगेन्द्र जिसिले सम्मान ग्रहण गर्दै मेयर फुलपलाई नेपाली टोपी पहिर्याई दिएका थिए ।

समारोहमा नेपाली कलाकारहरु नायक एवं निर्देशक बिक्की (खडक) पुलामी मगर, महिला नेत्री कन्चन बस्नेत केसी र बाल कलाकार शृनिती रिजालले नेपाली राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

usa-jhanda

जर्सी सिटी (शहर )एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थाई सुरक्षित दर्जा (टिपिएस )प्रदान गर्न अनुरोध गर्दै नगर परिषद बाट प्रस्ताव पारित गरेको थियो ।

सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि अस्थाई सुरक्षित दर्जा प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर को रुपमा घोषणा गरेको छ ।

वि.सं.२०७४ असार १९ सोमवार १०:१० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...