back

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

वि.सं.२०७४ असार १९ सोमवार

363 

shares
GLOBAL IME AD
NTC AD

dhankuta

१९ असार, धनकुटा। जिल्लाका सबै स्थानीय तहमा नेकपा (एमाले) विजयी भएका छन् ।

धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गर्नुभयो ।

उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेतले पाँच हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी रेणु श्रेष्ठले तीन हजार ३९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी पाख्रिबास नगरपालिकाका प्रमुखमा विर्खबहादुर राईले चार हजार ४३९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा थापाले एक हजार ६२८ मत प्राप्त गरेकी छिन् ।

उपप्रमखुमा एमालेकी देवकला पौडेल (तिम्सिना)ले चार हजार ४२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपालले चार हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँगे्रसका अग्नि पौडेलले तीन हजार १७६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मञ्जु अधिकारीले चार हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले दुई हजार १५६ मत प्राप्त गर्नुभयो ।

यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राईले चार हजार ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का भरतसिंह राईले एक हजार ५७९ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा एमालेकै रत्नश्वरी राईले तीन हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई एक हजार ५३४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, चौविसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राईले तीन हजार ७८२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचालले तीन हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरिन् ।

यसैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बूले तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले एक हजार ५३१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले तीन हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गीता लिम्बू खेवाले दुई हजार ७३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजङ्ग याखाले चार हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका जितेन्द्र राईले तीन हजार ३३३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै विन्द्रा राईले चार हजार ३२९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी संङ्घीय समाजवादी फोरमका बलबहादुर राईले दुई हजार २७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । रासस

वि.सं.२०७४ असार १९ सोमवार ०९:५७ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...