back
CTIZAN AD

शिक्षामा २० प्रतिशत छुट्याउने प्रतिबद्धता

वि.सं.२०७४ असार १९ सोमवार

705 

shares

१९ असार, जाजरकोट । यहाँका सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष लगायतले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गरेका हुन् ।

उनीहरूले शिक्षालाई विकासको आधारको पहिलो प्राथमिकतामा राख्ने तथा २० प्रतिशत लगानी सुनिश्चित गर्ने, पाँचवर्षे जिल्ला शिक्षा योजनालाई कार्यान्वयन गर्दै जाजरकोटलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन पहल गर्ने र सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउन दबाब दिने भएका छन् ।

त्यस्तै, प्रत्येक गाउँ र नगरपालिकामा शैक्षिकसत्र ०७४ भित्र कम्तीमा एक नमुना विद्यालय निर्माण गर्ने, शैक्षिक अनियमितताविरुद्ध शून्य सहनशीलता नीति लिनेजस्ता प्रतिबद्धता गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।

जाजरकोटका जनप्रतिनिधिले शिक्षामा भइरहेको राष्ट्रिय लगानीमा बढाएर २० प्रतिशत पु¥याउने प्रतिबद्धता गरेको जिशिअ सिंहले बताउनुभयो । “यस्तो निर्णयले जिल्लाको समग्र शैक्षिक विकास तथा गुणस्तरमा टेवा पुग्छ,” सिंहले भन्नुभयो । कालिका आदर्श माध्यमिक विद्यालय रुपन्देहीका प्रधानाध्यापक घनश्याम पाठकले शैक्षिक गुणस्तरका लागि भौतिक संरचना, योग्य तथा दक्ष शिक्षक, अनुशासित र लगनशील विद्यार्थी, चेतनशील अभिभावक लगायतको उपलब्धता जरुरी भएको बताउनुभयो ।

निधारित समयमा शिक्षक र विद्यार्थी विद्यालयमा उपस्थित हुनु, पाठ्यपुस्तकाको समयमा उपलब्धता, परीक्षा प्रणालीमा सुधार, अस्थायी तथा करार शिक्षक नियुक्तिमा निष्पक्षता हुनु जरुरी रहेको उहाँले जानकारी दिनुभयो । नियमित अनुगमन तथा निरीक्षण र विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने उहाँले बताउनुभयो । रासस

वि.सं.२०७४ असार १९ सोमवार १०:५६ मा प्रकाशित

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...