Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

साउदीमा बिचल्लीमा परेका १० जना नेपालीको उद्धारमा मञ्चले पहल अघि बढायो



saudi-ma-alpatra-10-nepali
१९ असार, काठमाडौं । नेपाली साझा मञ्चको पहलमा साउदी अरबमा बिचल्लीमा परेका १० नेपालीको उद्धार कार्य सुरु भएको छ । मञ्चले साउदीमा बिचल्लीमा परेका उनीहरुको उद्धार गर्न माग गर्दै पठाउने म्यान पावर र विभिन्न सरोकार निकायको ध्यानाकर्षण गराएपछि उद्धार कार्य अघि बढेको हो । उनीहरु गत जुलाईमा काठमाण्डौको लक्की मेनपावर ओभरसिज मार्फत साउदीस्थित सलमान हसन अल माथु कम्पनीमा कामका लागि गएका थिए ।

उनीहरुलाई कम्पनीले ७ महिनायता दलब नदिएको र तलब माग्दा कम्पनीका मानिसहरुले ज्यान पार्ने धम्की दिने गरेको र थुनेर ५० डिग्रीको गर्मीमा थुनेर राख्ने गरेको र खाना तथा पानी समेत नदिएको पिडितहरुको गुनासो छ ।

पीडितहरुले साउदीमा जिवन सुरक्षीत नभएको भन्दै जिवनरक्षा गरी नेपाल फिर्ता आउने वातावरण मिलाइदिन अपिल गरेका थिए । वैदेशिक रोजगार पीडितको उद्धारमा काम गर्दै आएको नेपाली साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले पीडितहरुसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो । साझा मञ्चकी उपाध्यक्ष शारदा भुषाल, महासचिव ङामुक हाङ र सदस्य निता कार्की तथा सञ्चारकर्मीहरुले पीडितको उद्धारका लागि नेपालबाट पहल गरेका थिए ।

बिचल्लीमा पर्नेहरुमा जाजरकोटका जनकबहादुर खत्री, दैलेखका बमबहादुर बस्नेत र मानबहादुर कामी, बाँकेका मानसिंह कामी, दाङका लेखबहादुर विश्वकर्मा, मोरङका गोविन्द ताम्राकार र रुद्र माझी, तेह्रथुमका जितबहादुर जोगी, संखुवासभाका पूर्णबहादुर तामाङ र रुकुमका नविन विष्ट रहेका छन् ।

मञ्चको जोडदार पहलपछि पीडितहरुलाई खानाको लागि उनीहरुकै मालिक(कपिल )मार्फत  २ हजार रियाल प्राप्त भएको छ भने  कपिलले बाँकी तलब दिन्छु भनेको श्रेष्ठले बताए । दूतावासका श्रम सहचारी अम्बिका अधिकारीको स्रोत उल्लेख गर्दै श्रेष्ठले म्यानपावर कम्पनीका डायरेक्टर एमएस कापरी साउदी आइपुगेको जानकारी दिएका छन् ।   उनीहरुको उद्धारका लागि भोलि साउदीस्थित नेपाली दूतावासमा छलफल हुने पनि उनले बताएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी