back
CTIZAN AD

चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

वि.सं.२०७४ असार १९ सोमवार

768 

shares

१९ असार, काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ ।
कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा समालोचक महेश पौड्यालले कटुवाल कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको तर उनको योगदानलाई देशले समुचित कदर नगरेको बताउनुभयो । डा नवराज लम्सालले उनका गद्य कवितामा गीतको प्रभाव र गीतमा कविताको प्रभाव रहेको बताउँदै उनको जीवनजस्तै गीत र गीतजस्तै जीवन भएको विचार व्यक्त गर्नुभयो ।
समालोचक डा अशोक थापाले कटुवालका कथामा लघुकथा आकारका यथार्थवादी कथा भएको बताउँदै उनले नाटकमा बौद्ध दर्शन र सर्वसाधारण मान्छेको दैनन्दिनीसँग आफूलाई जोडेको टिप्पणी गर्नुभयो ।
सङ्गीतकार दीपक जङ्गमले कमलादीको सडक छेउमा फालिएको चुरोटको एउटा खोल उठाएर त्यसैमा अन्तरा लेखिएको गीत “मलाई नसोध कहाँ दुख्छ घाउ” अम्बर गुरुङ, आफू, शान्ति ठठाल र नारायणगोपाललाई सङ्गीत गर्न दिएको र पछि उनकै सल्लाहमा नारायणगोपालकै सङ्गीतमा रेकर्ड गरिएको जानकारी दिनुभयो । सङ्गीतको चेतनासहित मिटर र लयमा गीत लेख्ने कटुवालको कदको अर्को गीतकार नेपालमा हालसम्म नभेटेको जङ्गमले बताउनुभयो ।
सो अवसरमा पुरु लम्सालको निर्देशनमा कटुवालको जीवन, जीवनदृष्टि र सिर्जना झल्कने एउटा छोटो नाटक पनि प्रस्तुत गरिएको थियो ।
यसैबीच भारतको मणिपुरमा पनि साहित्यकार देवीप्रसाद थापा ‘मामा’ र रामप्रसाद पौड्यालको नेतृत्वमा कटुवाल जयन्ती मनाइएको छ । काङ्लातोङ्बीमा आयोजित उक्त कार्यक्रममा आगामी वर्षमा पनि ‘सिरोई सिर्जना’ नाम गरेको नेपाली पत्रिकाले सो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । रासस

वि.सं.२०७४ असार १९ सोमवार १४:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...