back
CTIZAN AD

सर्जक रामप्रसाद खनाल सम्मानित अभिनन्दित

वि.सं.२०७४ असार १९ सोमवार

930 

shares

sarjak-ramprasad

१९  असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाललगायत विभिन्न १२ वटा सस्थाहरुले सर्जक रामप्रसाद खनाललाई सम्मान अभिनन्दन गरेका छन ।

विगत तीन दशकदेखि लोकगीत, दोहोरीगीत, नेपाली लोकसस्कृति, साहित्य र पत्रकारितामा स्वदेश/ विदेशमा अतुलनीय योगदान पुर्याएवापत सर्जक खनाल सम्मानित अभिनन्दित भएका हुन ।

खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी. सी. मेट्रो कमिटीका अध्यक्ष रहनुका साथै पत्रकार पनि हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो सम्मान अभिनन्दन समारोहमा अन्य सहभागी सस्थाहरुमा डा. हर्षबहादुर बुढामगर स्मृती प्रतिष्ठान, गुन्जन, अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखा, महिला गीतकार संघ, वनिता त्रैमासिक, नारी स्वर,
नारी साहित्य प्रतिष्ठान, महिला सन्चार समुह, गोधुली साहित्य प्रतिष्ठान र जलेरिका साहित्य सेवा रहेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङाप्रसाद उप्रेती र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सयुक्त रुपमा समारोहको उदघाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहमा कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बास्कोटा, अध्यक्ष लेकाली, प्राज्ञ उन्नती बोहरा शीला, सम्मानित सर्जक रामप्रसाद खनाल, अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल, अनेसास सदस्य पुष्पा खनाललगायतले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

सोही समारोहमा अनेसास कोलकाताका अध्यक्ष गणेश श्रेष्ठ, अनेसास वासिङ्टन डिसि मेट्रो सिटीका उपाध्यक्ष विमला निरौला र अनेसास नेपाल नारायणी समितिका अध्यक्ष लकास पौडेललाई पनि स्वागत सम्मान गरिएको थियो ।

समारोहमा अनेसासको इतिहास कुलपति सरुभक्त र कोलकाता च्याप्टरका अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा अनेसास सल्लाहकार माया ठकुरी, गुन्जनका अध्यक्ष गीता केशरीलगायत २०० भन्दा बढी स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ असार १९ सोमवार १५:०५ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...