back
CTIZAN AD

मच्छे गाउँमा ब्लक तथा इँटा उत्पादन सुरु

वि.सं.२०७४ असार १९ सोमवार

735 

shares

१९ असार, काठमाडौँ । चन्द्रगिरि नगरपालिका–९ स्थित मच्छे गाउँमा नेपाली र दक्षिण कोरियाली जनताको संयुक्त लगानीमा सिमेन्टका विभिन्न किसिमका ब्लक तथा इँटा उत्पादन सुरु भएको छ ।

नेपालका सागर विष्ट र कोरियाली चोइ यु सुको करिब रु १० करोड लगानीमा ‘आधारशिला ब्रिक्स प्रालि’नामक कारखाना स्थापना गरी उक्त उत्पादन सुरु गरिएको हो । सांसदद्वय राजन केसी र विनोद श्रेष्ठ, दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामालगायतले आज उक्त कारखानाको उद्घाटन गर्नुभयो ।

सो अवसरमा सांसद केसीले समृद्ध नेपाल निर्माणका लागि संयुक्त लगानीका रुपमा स्थापना भएको ब्रिक्स कारखाना सहयोगसिद्ध हुनसक्ने बताउँदै भूकम्पपछिको पुनःनिर्माणका लागि यहाँबाट उत्पादन हुने इँटा तथा ब्लक बढी उपयोग हुने बताउनुभयो । सांसद श्रेष्ठले कारखाना स्थापनाले समग्र देश विकासमा एउटा इँटा थपिने बताउँदै विदेश गएर रोजगारी खोज्नेहरुलेस्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराजदूत लामाले कोरियाली प्रविधिबाट नेपाली वस्तुको प्रयोग गरी निर्माण हुने सिमेन्टका इँटा तथा ब्लक उत्पादनले नेपालकै समुच्च विकासमा योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । यहाँको वातावारणमा कुनै किसिमको असर नपर्ने, व्यापारिक भवन, निजी आवास, गोदाम, स्कुल, कलेज आदिका लागि उपयुक्त हुने, निर्माण सरल र छिटो हुने, माटोको विनाश र कृषियोग्य जमिनको दोहन नहुनेजस्ता सकारात्मक पक्ष रहेको कोरियाली लगानीकर्ता सुले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार १९ सोमवार १५:०६ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...