back
CTIZAN AD

सेनाद्धारा विद्यार्थीलाई सैनिक तालीम

वि.सं.२०७४ असार २४ शनिवार

900 

shares

२४ असार,बाजुरा । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु भएकोछ ।

समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताउनुभयो ।
नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीलाई ७९ दिन संस्थागत तालीम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालीम दिने बताइएको छ ।
शारीरिक तालीम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालीम तथा फायरिङ साहसिक तालीम दिइने भएको छ ।

त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदानप्रदान समेत ७९ दिनसम्म दिने भएको छ ।
राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकतालाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार २४ शनिवार ०७:३८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...