back

सेनाद्धारा विद्यार्थीलाई सैनिक तालीम

वि.सं.२०७४ असार २४ शनिवार

627 

shares
IME Limited
NTC AD

२४ असार,बाजुरा । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु भएकोछ ।

समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताउनुभयो ।
नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीलाई ७९ दिन संस्थागत तालीम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालीम दिने बताइएको छ ।
शारीरिक तालीम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालीम तथा फायरिङ साहसिक तालीम दिइने भएको छ ।

त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदानप्रदान समेत ७९ दिनसम्म दिने भएको छ ।
राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकतालाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार २४ शनिवार ०७:३८ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...