back
CTIZAN AD

नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०७४ असार २४ शनिवार

930 

shares

२४ असार, नवलपरासी । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् ।

नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन ।

नवलपुर क्षेत्रका–आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली काँग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो ।

संविधानमा उल्लेखित विधान संशोधन मार्फत छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताउनुभयो । सकेसम्म छिट्टै यो विषयमा सरकारले निर्णय लिनुपर्ने लामिछानेले बताउनुभयो ।
यस्तै नेकपा एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो ।

यसैगरी माओवादी केन्द्र नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पु¥याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गर्नुभयो । सरकारमा रहेको दल भएकाले पनि आफूहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि घचघच्याउने नेताले जनाएका छन् ।
हाल राज्यपुनः सरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी ( परासी क्षेत्र ) लाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश न–५ मा राखिएको अवस्था छ । रासस

वि.सं.२०७४ असार २४ शनिवार ०८:०३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...