back
CTIZAN AD

राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान

वि.सं.२०७४ असार ३० शुक्रवार

771 

shares

milijuli-bann

३० असार, काठमाडौँ । वन विभागले यस वर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ ।

विभागले हरेक वर्ष दिँदै आएको रु एक लाख राशिको पुरस्कार आज उक्त वनलाई प्रदान गरेको हो ।

विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ । उक्त पुरस्कारको राशि नगद रु एक लाख रहेको छ ।

यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५÷२५ हजार दिएको छ ।

विभागले निजी वन राष्ट्रिय पुरस्कार माइजोगमाई गाउँपालिका निवासी कुशुम दाहाललाई प्रदान गरेको छ । दाहाललाई रु ७५ हजार प्रदान गरेको हो ।

यसैगरी सामुदायिक वन पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार शेरबहादुर केसी र कारोबार दैनिक पत्रिका पत्रकार प्रगति ढकाललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

ती पुरस्कार प्रदान गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सामुदायिक वनले पनि वन क्षेत्रको स्रोत व्यवस्थापनका लागि लोकतान्त्रिकरण गरेको बताउनुभयो ।

उहाँले समुदायले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र प्रतिफल लिने अधिकार प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वन क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै आवश्यक नीति र नियम बनाउने कुरामा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद पौडेलले वन क्षेत्र मानिसको आधारभूत आवश्यकताको क्षेत्र भएकाले यसलाई स्थानीय तहमा कसरी लैजाने भन्नेबारेमा विभागले छलफल सुरु गरेको बताउनुभयो ।

वि.सं.२०७४ असार ३० शुक्रवार १२:०३ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...