back
CTIZAN AD

बारामा ८० प्रतिशत धान रोपाइँ

वि.सं.२०७४ असार ३१ शनिवार

849 

shares

ropai३१ असार, वीरगन्ज। समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकाका कारण बारामा ८० प्रतिशत धान रोपाईँ सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाराकाअनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् । तीमध्ये ३३ हजार ३५४ हेक्टर सिञ्चित र २९ हजार असञ्चित क्षेत्रफल रहेका छन् । जिल्लामा अहिलेसम्म ५० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष ६० हजार ४४० हेक्टर क्षेत्रफलमा भएको धानखेतीबाट दुई लाख २८ हजार ६८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष हालसम्मको समग्र स्थिति राम्रो रहेकोले प्रति हेक्टर चार दशमलव चार प्रतिशत मेट्रिक टन धान उत्पादन हुनसक्ने पूर्वानुमान गरिएको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले राससलाई बताउनुभयो ।

जिल्लामा ८० प्रतिशत किसान धानखेतीमा आश्रित छन् । तीमध्ये ६५ प्रतिशत किसानले मन्सुली, सावित्री, स्वर्णासव—१, राधा, बास्मतीजस्ता जातका धान लगाउँदै आएको बताइएको छ ।

धानखेती गर्ने किसानलाई यो वर्ष सरकारले मसिना तथा बास्नादार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा २५ मेट्रिक टन धानको बीउ वितरण गरेको छ भने प्रोत्साहन भत्ताअन्तर्गत धानखेती गर्ने किसानलाई प्रति हेक्टर रु पाँच हजार र कृषि औजारमा समेत सुविधा दिन थालेपछि किसान धानखेतीतर्फ आकर्षित भएका छन् ।

यसैगरी पर्सा जिल्लामा हालसम्म ४५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।

वि.सं.२०७४ असार ३१ शनिवार १०:२६ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...