back

यो साता चार अर्ब बढीको कारोबार

वि.सं.२०७४ असार ३१ शनिवार

177 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

nepal-stock३१ असार, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ हजार ६३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अङ्कले घटेर अन्तिम दिन १५८२ दशमलव ६७ अङकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अङ्कले घटेर ३३६ दशमलव ०४ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड २९ लाख ४० हजार बराबरको शेयर कारोबार भयो ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड अग्रस्थानमा रहेको छ । सो फण्डको २७ लाख १५ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यससाता डिप्रोक्स लघुवित्त विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, भार्गव विकास बैँंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस शेयर समेत स्टकमा सूचीकृत भएको छ ।

वि.सं.२०७४ असार ३१ शनिवार ११:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा भैरहवाको बृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा...

आइएमई पेको ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक

आइएमई पेको ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...