back
CTIZAN AD

एक महिनादेखि दक्षिणी पर्वतका दुई गाउँ अन्धकार

वि.सं.२०७४ साउन १ आइतवार

891 

shares

१ साउन, फलेवास (पर्वत), । विगत एक महिनादेखि यहाँका दुई गाउँ अन्धकार बनेका छन् ।

हावाहुरीसँगै पोल ढलेका कारण विद्युत् आपूर्ति बन्द भएको हो । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको वडा नं २ र ३ रानीपानी र बराचौर अन्धकारमय बनेका हुन् । हावाहुरीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा साविकका बर्राचौर र रानीपानी गाविसका करिब एक हजार ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । रानीपानीको बरारुखमा रहेको मुख्य लाइनको फ्यूज गएको करिब एक महिना हुँदा एउटा फ्यूजसमेत प्राविधिकले नराखिदिँदा त्यहाँका नागरिक समस्यामा परेको स्थानीयवासी गणेश पराजुलीले जानकारी दिनुभयो ।

गाउँमा लाइन विस्तार गरिएका काठका पोल भाँचिएकाले पनि विद्युत् आपूर्तिमा समस्या भएको हो । रानीपानीका वडा प्राविधिकलाई खबर गर्दा मर्मतमा चासो नदिएकाले अझै केही दिन मर्मत गर्न नसकिने बताएको स्थानीयवासी लीलाधर पराजुलीले गुनासो गर्नुभयो । विद्युत् आपूर्ति बन्द हुँदा गाउँमा खाना पकाउन, मोबाइल चार्ज गर्न तथा कुटानी पिसानी र स्थानीय फर्निचर उद्योगलाई बढी समस्या परेको छ । विद्युत्को अभावले स्थानीयवासी सञ्चारको पहुँचबाट वञ्चित बनेका छन् ।

वि.सं.२०७४ साउन १ आइतवार ०६:४६ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...