back
CTIZAN AD

नेपाली साझा मञ्चको राष्ट्रिय मानवअधिकारलाई खुल्ला पत्र

वि.सं.२०७४ साउन १ आइतवार

1K 

shares
nepali-sajha-manch

  हालै साउदी अरेबियामा अलपत्र परेका १० नेपालीको उद्धार गरी नेपाल फर्काउन विशेष भूमिका खेलेको नेपाली साझा मञ्चले विदेशमा कार्यरत नेपाली कामदारमाथि हुने विभिन्न खालका घटनाबाट मानवअधिकार हनन भएकोे भन्दै राष्ट्रिय मानवअधिकारको ध्यनाकर्षण गराएको छ । नेपाली साझा मंच, अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट आयोगका अध्यक्षलाई लेखिएको खुल्ला पत्रमा विदेश र वैदेशिक रोजगारमा रहेका नेपालीहरु नागरिक हुन् कि होइनन् जवाफ चाहियो भन्ने सवाल गरिएको छ ।
पत्र जस्ताको त्यस्तै :

मितिः ०१।०४।२०७४

राष्ट्रिय मानव अधिकार आयोगलाई खुल्ला पत्र

श्रीमान अध्यक्ष ज्यू राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पुल्चोक हरिहर भवन, ललितपुर

विषयः विदेश र वैदेशिक रोजगारमा रहेका नेपालीहरु नागरिक हुन् कि होइनन् जवाफ चाहियो ?

 महोदय नेपालको संविधान २०७२ को भाग–२५ मा “राष्ट्रिय मानव अधिकार आयोग” शीर्षक अन्तर्गत राष्ट्रिय मानव अधिकार आयोगको व्यवस्था गरेको छ र धारा २४९ को उपशीर्षक “राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार” को (१) मा “मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्रिय मानव अधिकार आयोगको कर्तव्य हुनेछ” भनिएको छ । यो संवैधानिक व्यवस्थाले विदेशमा भएका र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई समेट छ कि समेट्दैन ? नेपालको संविधानले नेपाली नागरिकता नत्यागेका विदेश/वैदेशिक रोजगारमा रहेका र नेपालमा रहेका नेपालीहरुका बीचमा कुनै फरक नछुट्याएको हामीलाई विश्वास छ । हामी सोही विश्वासका आधारमा आफूहरु नेपाली नागरिक भएको गर्व गर्दै रगत पशिना चुहाएर नेपालको कुल ग्राहस्थ उत्पादनमा २९.६ प्रतिशत योगदान पुराई रहेका छौ ।

नेपालको राष्ट्रिय मानव अधिकार आयोगले कतारको मानव अधिकार समितिसंग १० बुंदे समझदारी २०१५ को नोभेम्वर १६ मा चार वर्षका लागि हस्ताक्षर गर्दा हामीमा केही आसा र विश्वास जागेको थियो कि हामी वैदेशिक रोजगारमा रहेका कामदार नेपाली नागरिकहरुका लागि पनि संवैधानिक अंगका रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगले केही गरिदिन थालेछ । तर त्यस यता वैदेशिक रोजगारमा रहेका हामी नेपालीहरु माथी चरम शोषण उत्पीडिन भएका घटनाहरु दिनै जसो समाचार बनिरहेका छन् । चार वर्षे समझदारीको हस्ताक्षरक दोस्रो पक्ष भनिएको कतारको भूमिमै हजारौ नेपालीहरु माथि अन्याय अत्याचार भएका घटनाहरु संचार माध्यममा छाइरहेका छन् ।

त्यसैगरी साउदी अरब, कुवैत, दुबई, लेबनान, जोर्डान लगायतका मुलुकमा नेपाली महिला तथा पुरुष कामदारहरुलाई बन्धक बनाईएका र उनीहरुको ज्यानकै खतरा भई रहेका घटना सार्वजनिक भईरहदा पनि आयोग मौन हुनु असह्य भएको छ । मलेशियामा रोजगारका लागि गएका नेपालीहरु त्यहाँका विभिन्न समूहबाट दिन दहाडै लुटिएका, काटिएका, मारिएका र गायब बनाइएका घटना संचार माध्यममा आईरहदा पनि र अहिले गैर कानुनी रुपमा रहेका आप्रवासीहरुलाई धरपकड गर्ने क्रममा त्यहाँ सरकारी आतंक छाइरहदा, नेपाली नागरिकहरु माथि अमानवीय व्यवहार भईरहदा पनि आयोग महात्मा गाँधीको तीन बाँदर जस्तो आँखा, कान र मुख थुनेर किन बसिरहेको छ ? नेपाली जनताले रगत बगाएर, प्राण आहुति दिएर नेपाली नागरिकहरुको मानव अधिकारको रक्षा गर्न संवैधानिक रुपमा गठन भएको राष्ट्रिय मानव अधिकार आयोगको परिभाषामा हामीले नागरिकता नत्यागे पनि विदेशमा भएका र वैदेशिक रोजगारमा रहेका हामी नेपालीहरु के साँच्चै नागरिक होइनौ त ? सबैका लागि न्याय, समानता र सम्मानको प्रत्याभूति गराउने उदेश्य लिएको राष्ट्रिय मानव अधिकार आयोगको दृष्टिकोणमा हामी विदेश र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि व्यवहार फरक नै हो त ? हामी तपशिलका नेपालीहरु यही खुलापत्र मार्फत राष्ट्रिय मानव अधिकार आयोगसंग जवाफ माग्दछौ । यस खुल्लापत्र प्रति सहमत हुने संघ–संस्था र व्यक्तिहरुले तल उल्लेख गरिए अनुसार लेखेर आफ्नो सहभागिता जनाउनु होला साथै कमेन्ट र शेयर पनि गर्नु होला ।

नामः नेपाली साझा मंच, अन्तर्राष्ट्रिय समन्वय समिति

देशको नाम र ठेगानाः अन्तर्राष्ट्रिय कार्यालय, काठमाडौ,नेपाल

सम्पर्क नं.: +977 9862178509 +966 592210509

यो पनि पढ्नु होला 

वि.सं.२०७४ साउन १ आइतवार ०७:३४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...