back
CTIZAN AD

जोखिम न्यूनीकरणका लागि नदीमा हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने

वि.सं.२०७४ साउन १ आइतवार

834 

shares

hydro logical station१ साउन, इलाम । विपत् जोखिम न्यूनीकरणका लागि इलाममा पहिलोपटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ ।

नदीमा पानीको मात्रा वृद्धि भएसँगै मानवबस्तीमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जोखिम व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, इलामका सभापति देवी गौतमले जानकारी दिनुभयो ।

इलामका चार नदीमा वर्षात्का कारण पानीको मात्रा बढेसँगै जोखिम पनि उत्तिकै बढेको छ । माईखोला, पुवाखोला, देउमाई र जोगमाई खोलामा वर्षात्को समयमा पानीको मात्रा बढी भएकाले बाढीको पूर्वसूचना दिने प्रणालीका रूपमा हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने भएको हो ।

जिल्लाका चार नगरपालिका, दुई गाउँपालिकाका सात स्थानमा हावापानी मापन केन्द्र र एक स्थानमा जलमापन केन्द्र राखिने भएको छ ।

माईनगरपालिकामा हावापानी र जलमापन केन्द्र राखिने, अन्य तीन नगरपालिका र दुई गाउँपालिकामा हावापानी मापन केन्द्र राखिने सभापति गौतमले बताउनुभयो । महमाईस्थित मैनाचुलीमा जलमापन केन्द्र, रोङ गाउँपालिकाको बरफल्याङमा हावापानी मापन केन्द्रका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने भएको हो ।

माईनगरपालिकाको सोक्तिम, इलाम नगरपालिकाको लवडाँडा, देउमाई नगरपालिकाको जितपुर, सूर्योदय नगरपालिकाको कन्याम, फाकफोकथुम गाउँपालिकाको चमैतास्थित मैदाने र सन्दकपुर गाउँपालिकाको माईपोखरीमा एक–एकवटा हावापानी मापन केन्द्र राखिएको छ ।

जिल्लामा भएका आठवटा मापन केन्द्रले पानीको सतहकाबारेमा सामान्य जानकारी दिने, चेतावनी दिने, जोखिम बढ्यो भने बस्ती छोड्नुस् र पुनः सामान्य भयो अब घर फर्कनुस्जस्ता पक्षमा सचेत गराउन प्रत्येकको मोबाइलमा सन्देश जाने बताइएको छ । पानीको सतह ३ दशमलव ५ पुगेदेखि जानकारी दिने, ४ दशमलव २ पुग्दा चेतावनी दिने र पुनः सतह कम हुँदा जोखिम छैन घर फर्कनुस् भन्ने मोबाइल सन्देश दिने नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले बताउनुभयो ।

यस्ता सूचनाले विपत् जोखिम न्यूनीकरणमा टेवा पुग्ने भएकाले इलामका जोखिम क्षेत्र मानिएका स्थानमा मापन केन्द्र राखिने भएको हो ।

अमेरिकी संस्था, अन्तर्राष्ट्रिय संस्था प्राक्टिकल एक्सन र नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखा र इलाम शाखाको आर्थिक सहयोगमा सो प्रविधि जडान गरिने भएको हो । रासस

वि.सं.२०७४ साउन १ आइतवार ०६:०८ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...