स्याङजाबाट साउदी पुगेका स्याङ्जालीहरुको समाज स्याङ्जा सहयोग समाज साउदीको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मोहन विएसकेको सभापतित्व, नेपाली दूतावासका राजदूत प्रा.डा महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यतामा जुलाई १४ का दिन सम्पन्न अधिबेशनको आगामी दुई वर्षका लागि बालकृष्ण पंगेनीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा पारश काफ्ले, उपाध्यक्षमा सुरज सापकोटा,उपाध्यक्ष,महासचिव टिकाके.सी,सचिवमा सन्तोष परियार, कोषाध्क्षय विजय सुनाम,सहकोषाध्यक्ष रियाध रहेका छन् भने सदस्यहरुमा अजिज खान, राजु श्रेष्ठ, पशुपति भट्टराइ, दिनेश श्रेष्ठ, लोकनाथ पाठक, संरक्षक राजु सैयद, प्रमुख सल्लाहकार यस्मीन बेगम रहेका छन् ।
त्यस्तै समाजले जेश कुमार श्रेष्ठ, भोला पौडेल, बिनोद खड्का सल्लाहकारमा चयन गरेको छ ।
समाजले एक उपाध्यक्ष पछि थप्ने गरेर उपाध्यक्ष पद रिक्त राखेको छ ।
अधिबेशनमा विशिष्ट अथितिहरु स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय कमिटिका सचिब भोला पौडेल,सँरक्षक राजु सैयद,सल्लाहकार जेस कुमार श्रेष्ठ अथितिहरुमा जनजाती महासंघ,साउदी अरबका अध्यक्ष हुम सुनारी मगर,एनआरएनए आईसीसी सदस्य रमेश भण्डारी,नेपाली जनसम्पर्क समितिका अध्यक्ष दीपक रेग्मी,फ्रेन्ड्स अफ नेपाल,साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ,मगर संघ प्रबास शाखाका का।वा अध्यक्ष युबराज पुन मगर,तमु धी का प्रमुख सल्लाहकार ओम तमु,दलित एकता संजाल आई सी सी महासचिब निर ब सुनार,काभ्रे समाजका अध्यक्ष ब्यबसायी जेन लामा,नेपाली साझा मंचका रियाद ब्युरो प्रमुख बिष्णु घिमिरे,प्रबासी नेपाली मंचका उपाध्यक्ष राजेन्द्र खत्री एबंम ब्यबसायीहरु कमल खरेल,बाल कृष्ण श्रेष्ठ,परशुराम मिश्र,शरद शर्मा लगायत रहेका थिए ।
एन.ए मिडियाका प्रबन्ध निर्देशक एबम स्याङ्जा सहयोग समाजका निबर्तमान सहकोषाध्यक्ष रोशन एन श्रेष्ठद्वारा संचालित कार्यक्रममा रास्ट्रीय गान, द्विप प्रज्वलित एबंम प्रमुखअथिति र सभापतिद्वारा ब्यानर पर्दापण गरि औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा नबिन कुमारद्वारा स्वागत मन्तब्य राखिएको थियो भने सचिब बालकृष्ण पंगेनीले कार्यसम्पादन प्रतिबेदन पेश गरेका थिए ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई आईसीसी सचिब भोला पौडेलले पद तथा गोपनियताको सपथ दिलाएका थिए ।
कार्यक्रममा मन्तब्य को क्रममा अथितिहरु द्वारा नवनिर्बाचित पदाधिकारीहरु लाई शुभकामना व्यक्त गरिदै निबर्तमान कार्यसमितिको खुलेर प्रसंशा गरेका थिए।
प्रमुख अथिति राजदूत राजपुतले नेपाली दूताबासले साउदी अरबमा क्रियाशील नेपालीहरुको स्वास्थ परिक्षणको कार्यलाई अघि बढाईरहेको उल्लेख गर्दै स्वास्थ्यनै मूल पुंजी हुनेकुरा बताएका थिए । राजपुतले दुताबासद्वारा हाल चालिएको कदमहरुको बारेमा जानकारी दिंदै नेपालीहरुको हित प्रेरित कार्यमा सहकार्य गर्न मिडिया,सामाजिक संस्थाहरु लाई आग्रह गरेका थिए । राजदूतले स्याङ्जा सहयोग समाजले निरन्तर रुपमा सामाजिक काममा योगदान दिंदै आएको बारेमा आफू जानकार रहेको जनाउंदै नयाँ कार्यसमितिसँग पनि सोहि प्रकृतिको सहकार्यको अपेक्षा राखेको समेत मन्तब्यको क्रममा जनाए ।
कार्यक्रमका सभापति मोहन बीएसकेले सबैको सहकार्यमा नै अघि बढ्न सक्षम भएको जनाउदै संस्था स्यांगजा जिल्लाको पहिचान विकासमा योगदान दिन स्थापना भएको भएता पनि आफूहरु कहिले पनि सिमिति घेरा मा नरहने जनाउंदै नेपाल र नेपालीहरुको हितमा सदा सक्दो योगदान दिएको जनाएका थिए ।
उक्त कार्यक्रममा संस्था एबम विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
रियाद आसपास विभिन्न कार्यक्रमहरु समान दिनमा रहेकोले अपेक्षा अनुरुपको उपस्थिति नरहेता पनि समयमा नै खानपिनको लागि ब्यबस्था गरिनु एबम व्यवस्थित ब्यबस्थापनको सहभागीहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
वि.सं.२०७४ साउन १ आइतवार ०९:३७ मा प्रकाशित
























