back
CTIZAN AD

मोदी गाउँपालिका को बजेट रु ३७ करोड ४३ लाख

वि.सं.२०७४ साउन ३ मंगलवार

870 

shares

gaupalika३ साउन, फलेवास (पर्वत)  । मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।

सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

बजेटमा गाउँपालिका सवै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन– पर्यटन– उद्योग– जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।
 

द्वन्द्वपीडितका हकदारलाई रु तीन करोड

तत्कालीन सशस्त्र द्वन्द्वका बेला विभिन्न कारणले पीडित बनेका परिवारलाई रु तीन करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्लामा स्थायी घर ठेगाना भएका सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिका परिवार, बेपत्ता भएका व्यक्तिका नजिकका हकदार र विस्थापित परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु तीन करोड दुई लाख २५ हजार चार सय ५० राहत वितरण गरिएको हो ।
यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत बुझेका बेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई यस पटक रु पाँच लाख थप गरी रु १० लाख पु¥याइएको छ । त्यसै गरी सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका सुरक्षाकर्मीका हकदारले यसअघि विभिन्न चरणमा रु आठ लाख ५० हजार राहत बुझिसकेकामा यस पटक रु एक लाख ५० हजार थप गरी रु १० लाख पु¥याइएको सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका बेला यहाँबाट दुई जना बेपत्ता भएका थिए । उनीहरुका परिवारलाई रु १० लाख प्रदान गरिसकिएको छ । सुरक्षाकर्मीसहित सर्वसाधारण गरी मृत्यु भएका ८४ जनाको परिवारलाई अन्तिम पटक रु एक लाख ५० हजार दरले वितरण गरिएको बताइएको छ ।
द्वन्द्वका क्रममा विभिन्न कारणले २२ घरपरिवारका ८४ सदस्य विस्थापित थिए । उनीहरुलाई प्रतिपरिवार रु २५ हजारका दरले वितरण गरिएको बताइएको छ । रासस

वि.सं.२०७४ साउन ३ मंगलवार ०९:०५ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...