back
CTIZAN AD

कमला र सञ्जुद्वारा राष्ट्रिय कीर्तिमान

वि.सं.२०७४ साउन ११ बुधवार

621 

shares

११ साउन, काठमाडौँ । कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एशियन युथ तथा जुनियर च्याम्पियनसिप २०१७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधाअन्तर्गत स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुलमा १५२ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।

उनले सातौँ राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुल १४५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।

श्रेष्ठले यसअघि भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् ।

यस्तै, सञ्जु चौधरीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । उनले ग्रुप ‘बी’को ५३ केजी तौलको स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४० केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

देवी चौधरीले साताँै राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमानलाई भङ्ग गर्दै सञ्जुले राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् ।

मंगबार भएको खेलमा अन्य नेपाली खेलाडीले आफ्नो खेलमा सुधार गर्न सफल भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी दिनुभयो ।

पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका टीकामाया गुरुङले ५८ केजी तौलमा स्नाचमा ४५ र क्लिनमा ५५ केजी गरी कुलमा १०० केजी र कविता चौधरीले स्नाचमा ४१ केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ९१ केजी भार बहन गरे ।

यस्तै, पुरुषको ६२ केजी तौलमा साजारुद्घिन आलमले स्नाचमा ५५ र क्लिनमा ८० केजी गरी कुल १३५ केजी भार बहन गरे ।

महिलाको ५३ केजी तौलको युथ र जुनियर दुवैमा चीनकी ज्ञान होङ्गयानले स्वर्ण प्राप्त गरिन् । उनले स्नाच, क्लिन र कुलमा गरी ६ स्वर्ण पदक प्राप्त गरिन् । ज्ञानले स्नाचमा ८३ केजी, क्लिनमा १०८ केजी र कुलमा १९१ केजी भार बहन गरिन् ।

यस्तै, युथतर्फ थाइल्यान्डकी पोर्नचिता नियोमयोङ्गले स्नाचमा ६७ केजीका साथ कास्य र क्लिनमा ९२ केजीका साथ रजत र कुलमा १५९ केजीका साथ रजत प्राप्त गरिन् भने ताइपेइकी चोउ युवानले स्नाचमा ६८ केजीका साथ रजत, क्लिनमा ९० केजी र कुलमा १५८ केजीका साथ कास्य पाइन् ।

जुनियरतर्फ थाइल्याण्डकी सुरोधचना खाम्बाओले स्नाचमा ७५, क्लिनमा ९५ र कुलमा १७० केजी भार बहनका साथ रजत तथा फिलिपिन्सकी पेरेज इलाइन रोजले स्नाचमा ७३, क्लिनमा ९३ र कुलमा १६६ केजीका साथ कास्य पाइन् ।

वि.सं.२०७४ साउन ११ बुधवार ०३:५६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...