माछापुच्छ्रे बैंक लिमिटेडले २०७४ श्रावण १६ गते एकै दिनथप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द«नगर रकोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका, तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला IBRD पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागिनिःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५% छुटदिने र लकर शुल्कमा ५०% छुट प्रदान गर्ने ईत्यादि सुविधासमेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
नयाँशाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
यस बैकले २०७३ साल चैत्र मसान्त सम्म रु ५८ अर्व४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १अर्व ५१लाख खुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको Banking Software, Globus बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
वि.सं.२०७४ साउन १९ बिहीवार ०३:२९ मा प्रकाशित






























