back
CTIZAN AD

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

वि.सं.२०७४ साउन २३ सोमवार

801 

shares

plantation-by-nabil-bank

नबिल बैंकले, आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा, वातावरण संरक्षण गरी हरियाली कायमगर्ने कार्यमा सहयोग गर्ने उदेस्यले मिति २०७४ साल श्रावण २१ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षरोपण कार्यक्रम आयोजना गरी आएको छ ।

स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा ठुलो संख्यामा रहेका बैंकका कर्मचारीहरुको उपस्थितिमा चौतारीको शिलान्यास गर्नु भयो ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परेको छ ।

वि.सं.२०७४ साउन २३ सोमवार १६:१७ मा प्रकाशित

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर...

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ वायरलेस इयरबड Samsung Galaxy Buds4...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ ।  शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ चैत ः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का...