back
CTIZAN AD

मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा

वि.सं.२०७४ साउन २५ बुधवार

1K 

shares

mobile health

२५ साउन, कञ्चनपुर । मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
मेडिकल मोबाइल नेपाल नामक संस्थाको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालमार्फत कार्यक्रम सञ्चालनमा ल्याएको हो । यहाँका नौवटै स्थानीय तहमा मोबाइल स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ८१७ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सहित तालिम प्रदान गरिने मेडिकल मोबाइल परियोजनाका वरिष्ठ प्रबन्धक मनोज खड्काले बताउनुभयो ।

महिला स्वाथ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चार पटक गर्भ जाँच(पूर्ण गर्भ जाँच) गरे नगरेको र स्वास्थ्य संस्थामामै प्रसूति गरेको सुनिश्चितता भए नभएको निगरानी गर्ने उहाँले बताउनुभयो ।

गर्भवती महिलाको नाम दर्ता गरी त्यसको विवरण जनस्वास्थ्य कार्यालय र मन्त्रालयमा राखिने र सोही दर्ता विवरणका आधारमा गर्भवती महिलाले गर्नुपर्ने जाँच र सुत्केरी हुने मितिको विवरण स्वयंसेविकाको मोबाइलमा सन्देश आउने र स्वयंसेविकाले त्यसै आधारमा गर्भवती महिलाले गर्भजाँच गराए नगराएको र स्वास्थ्य संस्थामा सुत्केरी भए नभएको यकिन गरेर स्वास्थ्य संस्थामै पठाउन प्रेरित गर्ने प्रबन्धक खड्काले बताउनुभयो ।

कार्यक्रमलाई सघाउ पु¥याउन नौवटै स्थानीय तहका प्रमुखले गर्भवती जाँचलाई ९० प्रतिशत पु¥याई घरमा हुने सुत्केरीको संख्यालाई शून्यमा झार्ने आगामी दुई वर्षमा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने प्रतिबद्धता जनाएका छन ।
“मोबाइल स्वास्थ्य कार्यक्रमलाई नीतिगतरुपमा लागू गरी यसको दिगोपनका लागि स्थानीय तहबाटै आवश्यक स्रोतको व्यवस्थापन गर्ने, बालविवाह अन्त्य गर्ने, लागुऔषध र सूतिजन्य पदार्थ सार्वजनिकस्थलमा सेवन गर्नमा पूर्ण निषेध गर्ने र खोपको दिगोपनाका लागि सुनिश्चितता गर्नेबारे स्थानीय तहका प्रमुखले सहमति गरेका छन्” प्रबन्धक खड्काले भन्नुभयो ।
कार्यक्रम सञ्चालनका लागि मेडिकल मोवाइल नेपालले मोबाइल उपलब्ध गराउने र तालिमका लागि सहयोग गर्ने भएको छ ।

वि.सं.२०७४ साउन २५ बुधवार ०७:३० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...