back
CTIZAN AD

उदयलाई तत्काल छाड्न दलको आग्रह

वि.सं.२०७४ साउन २७ शुक्रवार

921 

shares

२७ साउन, इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा राजनीतिक दलले तत्काल रिहाइको माग गरेका छन् ।

दलहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन् । आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका फागोलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको उनका परिवारजनले जनाएका छन् ।

सूर्योदय नगरपालिकास्थित नेपाली काँग्रेस, नेकपा ९ एमाले, नेकपा ९ माओवादी केन्द्र लगायत नौ वटा दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागोको रिहाइका लागि पहल गर्न राजनीतिक, दल, नागरिक समाज, अधिकारकर्मी र प्रहरी प्रशासनसँग माग गरेका हुन् । उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो ।

दलहरूले जारी गरेको विज्ञप्तिमा भने उदय त्यस दिन फिक्कलमै रहेको र गोर्खाल्याण्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ । उदय निर्माण व्यवसायीका रूपमा काम गरिरहेकाले गोर्खाल्याण्ड आन्दोलनसँग उदयको कुनै संलग्नता नभएको दाजु शरणले बताउनुभयो ।

उदयको रिहाइको पहल गरिदिन माग गर्दै सूर्योदय नपा–१० का वडाध्यक्ष पेमाउगेन लामासहितको टोली जिल्ला प्रशासन कार्यालय, इलाम आएको थियो । पक्राउ परेका उदयको रिहाइका लागि नेकपा ९एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भारतीय पक्षसँग आग्रह गर्नुभएको छ ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०४:१७ मा प्रकाशित

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...