Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ब्लड क्यान्सर कोषका लागि प्रमुख थापाको सहयोग



२७ साउन,रामपुर (पाल्पा)  । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आशिष बालउत्थान ब्लड क्यान्सर कोष स्थापनाका लागि रु एक लाख सहयोगको घोषणा गर्नुभएको छ ।

झण्डै डेढ महिनाअगाडि रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने ७ वर्षीय बालक आशिष श्रेष्ठको ब्लड क्यान्सर रोगका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको सम्झनामा नगर प्रमुख थापाले कोष स्थापनाका लागि व्यक्तिगत रुपमा रु एक लाख दिने बिहीबार घोषणा गर्नुभएको हो ।

सो कोष रामपुर अस्पतालको मातहतमा राखेर गरिब तथा असहाय बालबालिकाका लागि उपचारमा सहयोग गरिने प्रमुख थापाले बताउनुभयो । आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सो कोष स्थापना गरेको थापाले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ