back
CTIZAN AD

तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी : यादव

वि.सं.२०७४ साउन २७ शुक्रवार

801 

shares

२७ साउन, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभयो ।

केन्द्रीकृत राज्यसत्ता र शासन सदियौँदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोपसमेत उहाँले लगाउनुभयो । पार्टीको नीति, सिद्धान्त र विचारका कारण बिखण्डनकारी शक्ति र साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकार सलबलाउन थालेको परिस्थितिमा हामी एउटै नेपालभित्र मधेश सहितको राज्यको पक्षमा छौँ, उहाँले भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राई सहितले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इञ्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–इञ्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सूर्यनाथ यादव, चित्तनारायण यादव, अशोक यादव, दीपक यादव लगायतको उपस्थिति थियो ।

जिल्ला पार्टीद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, कोइलाडी तिलाठी गाउँपालिका, इटहरी विष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी आठ स्थानीय तहका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०४:३६ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...