back

तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी : यादव

वि.सं.२०७४ साउन २७ शुक्रवार

144 

shares
NTC AD
Global IME AD

२७ साउन, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभयो ।

केन्द्रीकृत राज्यसत्ता र शासन सदियौँदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोपसमेत उहाँले लगाउनुभयो । पार्टीको नीति, सिद्धान्त र विचारका कारण बिखण्डनकारी शक्ति र साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकार सलबलाउन थालेको परिस्थितिमा हामी एउटै नेपालभित्र मधेश सहितको राज्यको पक्षमा छौँ, उहाँले भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राई सहितले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इञ्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–इञ्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सूर्यनाथ यादव, चित्तनारायण यादव, अशोक यादव, दीपक यादव लगायतको उपस्थिति थियो ।

जिल्ला पार्टीद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, कोइलाडी तिलाठी गाउँपालिका, इटहरी विष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी आठ स्थानीय तहका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०४:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...