back
CTIZAN AD

ब्लड क्यान्सर कोषका लागि प्रमुख थापाको सहयोग

वि.सं.२०७४ साउन २७ शुक्रवार

699 

shares

२७ साउन, रामपुर ९ पाल्पा  । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आशिष बालउत्थान ब्लड क्यान्सर कोष स्थापनाका लागि रु एक लाख सहयोगको घोषणा गर्नुभएको छ ।

झण्डै डेढ महिनाअगाडि रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने ७ वर्षीय बालक आशिष श्रेष्ठको ब्लड क्यान्सर रोगका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको सम्झनामा नगर प्रमुख थापाले कोष स्थापनाका लागि व्यक्तिगत रुपमा रु एक लाख दिने बिहीबार घोषणा गर्नुभएको हो ।

सो कोष रामपुर अस्पतालको मातहतमा राखेर गरिब तथा असहाय बालबालिकाका लागि उपचारमा सहयोग गरिने प्रमुख थापाले बताउनुभयो । आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सो कोष स्थापना गरेको थापाले बताउनुभयो ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०४:३० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...