back
CTIZAN AD

असम्भव भनिएको लिफ्टबाट सिँचाइ र खानेपानी

वि.सं.२०७४ साउन २७ शुक्रवार

618 

shares

२७ साउन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् ।

वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गामा सिँचाइ अभावको समस्या समाधानका लागि लिफ्ट परियोजनामार्फत सफल भएको हो ।

बस्ती नजिकैबाट तादी र त्रिशूली नदी बगिरहे पनि भोग्दै आएको समस्या समाधान गर्न स्थानीवासीले रु ५२ लाख लगानी गरी लिफ्टमार्फत सिँचाइ र खानेपानी दुवै सुविधा उपभोग गर्न शुरु गरेको हकुवा–माझगाउँ–पिपलटार लिफ्ट सिँचाइ तथा खानेपानी योजनाका अध्यक्ष उत्तमप्रसाद ढकालले बताउनुभयो ।

हकुवास्थित तादी खोलामा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा रहेको पिपलटारस्थित माझगाउँसम्म ८०० मिटर पाइप जडान गरी पानी ल्याउन सफल भएपछि खानेपानी र सिँचाइ दुवैको समस्या समाधानतर्फ उन्मुख हुन थालेको छ ।

सरकारीस्तरबाट भएको सम्भाव्यता अध्ययनमा ‘असम्भव’ भनिएको परियोजना परीक्षणको समयमा ५० घरधुरी बासिन्दालाई खानेपानी र ४० घरधुरी बासिन्दाको जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको लिफ्ट सिँचाइ परियोजनाका सल्लाहकार लीलानाथ न्यौपानेले बताउनुभयो ।

परीक्षण सफलभएपछि परियोजनालाई बृहत् बनाउन आसपासका बासिन्दा र विदुर नगरपालिकासमेत लगानी गर्न सकारात्मक भएको छ ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०४:४० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...