back
CTIZAN AD

प्रीमियर लिगमा आर्सनलको रोमान्चकारी जीत, लेईस्टर सिटी पराजित

वि.सं.२०७४ साउन २८ शनिवार

672 

shares

arsenal-leicester-110817zq

२८ साउन, एजेन्सी । हिजो देखि सुरु भएको प्रीमियर लिगको सुरुआती खेलमा आर्सनलले लेईस्टर सिटि माथी रोमान्चक जित निकालेको छ ।
आर्सनलको घरेलुु मैदान  इमिरेट्समा भएको खेलमा आर्सनलले लेईस्टर सिटीलाई ४-३ गोल अन्तरले हराएको हो । खेलको   दोस्रो मिनेटमा  नै लाकाजेट्टीको गोलबाट अग्रता लिएको आर्सनलले  त्यसको तीन मिनेटमै ओकाजाकीको गोलबाट लेईस्टरले खेल बराबरीमा ल्याएको थियो । यस्तै खेलको २९ औ मिनेटमा लेइस्टरका भार्डीले गोल गर्दै  लेइस्टरलाई अग्रता दिलाएका थिए  । खेलको पहिलो हाफको अन्तिम मिनेटमा  ड्यानी वेलबेकले गोल गर्दै आर्सनललाई  बराबरी ल्याएका थिए ।
यसै गरि खेलको ५१ औ मिनेटमा भार्डीले पुन: गोल गर्दै लेइस्टरलाई अग्रता दिलाएका थिए । तर खेलको ८३ औ र ८५ औ मिनेटमा आर्सनलका राम्सी र जिरुडले गोल गर्दै आर्सनललाई रोमान्चित  जित  दिलाए ।
जितसँगै  आर्सनलले प्रीमियर लिगमा  ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

वि.सं.२०७४ साउन २८ शनिवार ०३:१० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...