३० साउन । स्पेनिश सुपर कप अन्र्तगतको पहिलो लेगको खेलमा रियल म्याड्रिडले विजय सुरुवात गरेको छ । रियलले चिरपरिचित प्रतिद्वन्दी वार्सिलोनालाई उसकै घरेलु मैदानमा ३ १ गोल अन्तरले हराउदै जित हात पारेको हो । रियलको जितमा दोस्रो हाफमा मैदान छिरेका क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट एक गोल गरेका थिए । यस्तै रियलका एसेन्सियाले एक गोल तथा तथा वार्सिलोनाका पिकेले आत्मघाती गोल गरेका थिए । मार्सेलोले प्रहरा गरेको सट रोक्ने क्रममा बल अन्यिन्त्रत भई गोलमा परिणत भएको थियो ।
उता रियलका नाभासले वार्सिलोनाका सुआरेजलाई फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै वार्सिलोनाका लिओनल मेस्सीले एक गोल फर्काएका थिए ।
अब सुपर लेगको दास्रो लिग रियलको घरेलु मैदान सान्टिएगो बार्नेबउमा ४ दिन पछि हुने छ । आज भएको खेलमा रातो कार्ड पाएका रोनाल्डो भने दोस्रो लेगमा प्रतिबन्धमा हुने छन् ।
वि.सं.२०७४ साउन ३० सोमवार ००:२२ मा प्रकाशित



























